मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ। मुद्धा मामिलामा सफलता मिल्नेछ।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समय प्रतिकुल भई कुलतमा मन जानेछ। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको बिश्वास जित्न सकिने। आकस्मिक धन लाभ हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउला। वस्त्र लाभ हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पूरा हुनेछ। धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ। घरायसी विवाद बढ्नेछ। चोटपटक पनि लाग्न सक्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। राज्यबाट मानसम्मान मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वाहान सुख पनि मिल्नेछ।



लाेकपाटी न्यूज
