काठमाडौं, ३१ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिन बाँकी विभाग गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै सहमति हुन नसकेको स्कूल विभाग गठन लगायतका विषयमा आज छलफल हुनेछ ।
यसअघि बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुगे पनि अध्यक्ष ओली अस्वस्थ भएपछि बैठक आजका लागि सारिएको थियो ।



लाेकपाटी न्यूज

