मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट सहयोग पाईनेछ। शुभ समाचार सुन्न पाइएला। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। मनोबल उच्च रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। नजिकका व्यक्तिबाट धोका पाइएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। भाग्यले साथ दिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको योग रहेको छ। धर्म,कर्ममा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । विद्या र बुद्धिको विकास हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानातिना समस्यामा अल्झिनुपर्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। भूमि लाभ रहला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ। शिक्षामा सफलता पाईनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा संगीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।



लाेकपाटी न्यूज
