शनिबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ। सामान हराउने वा चोरी हुने भयछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ। साना–तिना समस्यामा अल्झिनुपर्नेछ। परिवारीक समस्याले सताउनेछ। अनावश्यक धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश,जाँगर र उमङ्ग बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। कष्टकर यात्रा गर्नुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्ध कसिलो होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्