शुक्रबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकाएको भय रहला। जिद्दीपनाले गर्दा काम बिग्रने डर पनि छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। विभिन्न कुराको किनमेल हुनेछ। लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश,जाँगर र उमङ्ग बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मबलमा कमी आउनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मनमा दुविधा उत्पन्न हुनेछ। मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सिद्धिको योगछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन भावुक र उत्ताउलो बन्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। प्रेममा मनमुटाव आउनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। धर्म,कर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुलाई प्रभावित पारेर काम बन्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमीको सहयोग पाईनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्