मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। दाम्पत्य जीवन सुखमय हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सरकारी निकाएको भय रहला। व्यर्थको सास्ति खेप्नु पर्नेछ। व्यस्तता बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। शिक्षामा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। दैनिक कार्यमा सफलता पाईनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा दुविधा उत्पन्न हुनेछ। विवाद पनि बढ्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर व्यवहारमा झमेला रहला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खरावी रहला। आर्थिक कारोवारमा मन्दी आउनेछ।



लाेकपाटी न्यूज
