मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिक व्यक्तिबाट धोका पाईन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। पेट सम्बधी समस्या आउला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथीको आगमन हुनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ काम वा रोजगार पाईनेछ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। वोलीको भरमा कार्य सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शत्रु पराजित हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ। चोटपटकको भयछ सचेत रहनुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा प्रगति हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मनमा सङ्का उत्पन्न हुनेछ। पारिवारिक उल्झनमापरि काम विग्रिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापारमा रूची बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। लाभदायक यात्राको योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ।



लाेकपाटी न्यूज
