आज भारी वर्षा हुने, कहाँ–कहाँ हुन्छ मनसुन सक्रिय ?

umbrella raining
लाेकपाटी न्यूज

काठठमाडौं, ४ साउन। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न थालेको छ। ‘आज पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘विशेष गरी पहाडी क्षेत्रमा बाढी पहिरोको पनि जोखिम देखिन्छ।’

उनका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन थालेकाले नेपालमा मौसम बदली र पानी पर्ने क्रम बढेको हो। ‘आजदेखि वर्षाको क्रम क्रमशः बढ्ने देखिन्छ,’ उनले भनिन्, ‘तर त्यस्तो लगातार झरी नै त पर्दैन।’

महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेर केही दिनअघि देखि भारतमा रहेकाले मनसुनी गतिविधि कम सक्रिय भएको हो। तर त्यो रेखा १–२ दिनपछि पुन नेपाल भित्रिने सम्भावना रहेको मौसमविद् कँडेलको अनुमान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्