काठमाडौँ, ३ साउन । परराष्ट्रमन्त्रीका दम्पति मृत्यु पश्चात शरीर दान दिन मञ्जुरी दिएका छन्। परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र उनकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्नो मृत्यु पश्चात शरीर दान गर्न मञ्जुरी दिएका हुन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको अंगदान तथा अन्तर्क्रिया कार्यक्रममा उनीहरुले उक्त मञ्जुरी पत्र दिएका हुन्।
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेश) ऐन, २०५५ अनुसार उनीहरुले शरीर दानको लागि मञ्जुरी दिएका हुन्। मृत्यु पश्चात मृगौला,मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न स्वेच्छाले मञ्जुरी दिएको मञ्जुरी पत्रमा उल्लेख छ ।





लाेकपाटी न्यूज