बाँके, २ साउन । सांसद महेश्वर गहतराज अथकले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विकास निर्माणका गतिविधिहरूको अनुगमन गरेका छन् । स्थानीय पूर्वाधार तथा साझेदारी विकास कार्यक्रम अन्तर्गत सञ्चालित विकासका गतिविधिहरूको अनुगमन गरेका हुन् ।
उनले सांसद विकास कोष अन्तर्गतका योजनाहरूको कार्यान्वयनको अवस्था बारे समेत जानकारी लिएका छन् । कोहलपुर नगरपालिका वडा नं. २ का योजनाहरू, लक्ष्मी मा.वि बर्दहवाको भवन, प्राकृतिक योगचिकित्सालयको भवन, सांस्कृतिक सँग्राहलयको सांसद अथकले अनुगमन गरेका छन् ।
यस्तै वडा नं. ११ को अल्पसँख्यक समुदायका लागि सुरक्षित आवास कार्यक्रमको अनुगमन गरेका छन् भने राप्तिसोनारी गाउँपालिका अन्तर्गत लक्ष्मी मा.वि मदुइको भवन, राप्तीनदीको तटबन्ध, टिकुलीपुरको नेरा आधारभूत विद्यालयको भवन निर्माण र कालोपत्रे सडक जस्ता योजनाहरूको उनले अनुगमन तथा निरीक्षण रहेका छन् ।
अनुगमन तथा निरीक्षणपछि उनले आयोजनाहरूको प्रभावकारी कार्यवन्वन गर्न निर्देशन दिएका छन् । उनले विकास निर्माणका कामहरू सन्तोषजनक रूपमा अगाडी बढी रहेको समेत जानकारी दिए ।



लाेकपाटी न्यूज