यस्ता छन् नेकपाका ८ केन्द्रीय निकाय र ३२ विभाग (नामसहित)

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय निकाय र विभागहरुको एकताको टुंगो लगाएको छ। मंगलबार शीर्ष नेताहरुबीच सहमति जुटेपछि एकताको काम टुंगो लागेको हो। यद्यपि, सहमति जुटेका विभाग र निकायहरुमा कस–कसलाई राख्ने भन्नेबारे पूर्ववत पार्टीमै आन्तरिक छलफल हुनेछ।

पूर्वएमाले र पूर्वमाओवादीको आन्तरिक टीममा नाम टुंगिएपछि सहमतिलाई स्थायी समिति बैठकमा पेश गरी घोषणा गर्ने तयारी भइरहेको छ। नेकपाको अन्तरिम विधानमा ८ केन्द्रीय निकाय र ३२ विभागको व्यवस्था गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नियमावली – २०७५ मा व्यवस्था गरिएका ती विभाग र निकाय यस्ता छन् :

(क) पार्टीका केन्द्रीय निकायहरू देहायबमोजिम हुनेछन्ः

१. एकताको राष्ट्रिय महाधिवेशन,
२. केन्द्रीय कमिटी,
३. केन्द्रीय अनुशासन आयोग,
४. केन्द्रीय लेखापरीक्षण आयोग,
५. केन्द्रीय निर्वाचन आयोग,
६. राष्ट्रिय परिषद्,
७. केन्द्रीय सल्लाहकार परिषद्,
८. केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च ।

(ख) पार्टीका केन्द्रीय विभागहरू देहायबमोजिम हुनेछन्ः

१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित तथा आपूर्ति विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाई विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला तथा सुशासन विभाग
१८. राष्ट्रिय सुरक्षा प्रबद्र्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. विदेश मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. संगठन विभाग
२५. सङ्घीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसङ्ख्या विभाग