गुन्डा नाइके राजेन्द्र लामा ‘निमा’ पक्राउ

लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार । गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्। उनलाई सोमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘पत्रकार समेतलाई धम्क्याएको लगायतको अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ।’

लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनले जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा असुल्ने गरेको आरोप छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्