काठमाडाैं, २८ असार । केही दिनदेखि परेकाे अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । पानीकाे वहाब उच्च भएसँगै काेशी ब्यारेजमा खतराकाे लाइट बालिएकाे छ ।
एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।
अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । ३६ ढाेका खाेलिएसँगै भारतको बिहार जलमग्न भएकाे छ । विहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।



लाेकपाटी न्यूज

