काठमाडौं, २८ असार । प्रकाश सपुत र स्मिता दाहालको आवाजमा ‘माछीको खाने खोलीको लेऊ–२’ छिट्टै बजारमा आउने भएको छ । गीतका निर्माता सरोज ओलीका अनुसार गीतको रेकर्डिङ सकिएकाले गीत छिट्टै बजारमा आउने भएको हो ।
‘माछीको खाने खोलीको लेऊ–१’ को लोकप्रियतासँगै ‘माछीको खाने खोलीको लेऊ–२’ बजारमा ल्याउन लागिएको बताइएको छ । अब आउने गीत (माछीको खाने खोलीको लेऊ–२) मा शब्द दिनेश थपलीया, संगीत बसन्त सापकोटा, संगीत संयोजन उदयराज पौडेलको छ ।
यस्तै गीतलाई प्रिज्मा रेकर्डिङ स्टुडियोमा अनिल अधिकारीले रेकर्ड गरेका हुन् । गीतमा सरोज ओली प्रोड्युसर छन् । ‘माछीको खाने खोलीको लेऊ–१’ मा मेलीना राई र सरोज ओलीले आवाज दिएका थिए ।



लाेकपाटी न्यूज

