राप्ती नदीले खतराको सूचक नाघ्यो, सर्तक रहन अपिल

Rapati nadi
फाइल तस्बिर
लाेकपाटी न्यूज

चितवन, २७ असार । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीले खतराको सूचक नाघेको छ।
चितवन भएर बग्ने राप्ती नदीको बहावले खतराको सूचक नाघेको हो।

राप्ती नदीको खतरा सूचांक ४ मिटर भन्दा बढि अहिले पानीको बहाव पुगेको छ। राप्ती नदीमा ४ मिटर भन्दा कमलाई सामान्य मानिन्छ। तर, ४ मिटर पुग्ने बित्तिकै खतराको सूचांकको रुपमा लिइन्छ। अहिले भने राप्ती नदीको बहाव ४ मिटर ३० सेमिन्टर पुगेको जल तथा मौषम विज्ञान विभाग रजैयाका बद्री ढकालले जानकारी दिए।

उनले निरन्तर पानी परिरहेकाले पानीको बहाव बढ्दो क्रममा रहेको बताए। खतराको संकेत भन्दा बढि पानीको बहाब पुगेकोले सचेत रहन उनले आग्रह गरेका छन्। राप्तीमा आउने बाढीले विशेषगरी पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर,सौराहा र भरतपुरका केही स्थानमा असर पार्ने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्