पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति

rukha 1
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार । ललितपुरस्थित पुल्चोक सडक छेउको रुख ढलेको छ। रातभरको वर्षाका कारण सडक छेउको रुख ढलेको हो।

महानगरीय प्रहरी प्रभाग पुल्चोक अगाडि ढलेको रुखले प्रहरी कार्यालयमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको एसएसपी रवीन्द्र धानुकले बताए।

रुख ढलेका कारण केही समय सडक समेत अवरुद्ध भएको थियो। ढलेको रुख हटाइसकेकाले अहिले सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ।

police office

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्