काठमाडौं, २५ असार । ललितपुरमा जंगली च्याउ खाँएर एक जनाको मृत्यु भएको छ। निर्माण क्षेत्रमा कार्यरत धादिङका जनक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफन्तहरुका अनुसार लुभुस्थित जंगलबाट ल्याइएको च्याउ खाएपछि बेहोस भएका निलकण्ठ नगरपालिका ७ टारुखर्कका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो।
सँगै च्याउ खाँएका अन्य तीन जनाको अवस्थाबारे खुल्न बाँकी रहेको जनाएको छ।



लाेकपाटी न्यूज
