काठमाडौं। मानिसहरु शरीर स्वस्थ राख्न कति सम्म गर्दैनन् तर पनि उनीहरु बिरामी हुन्छन्। मिर्गौलाको कार्य बोझ घटाउन हामीले पनि खानपिनमा होस पुर्याउनु आवश्यक हुन्छ। शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् :
लसुनः बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ। कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
स्याउः उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ। घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ।यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ।
चुकन्दरः गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ। एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ। कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पुर्याउँछ।
गाँजरः गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ। पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो।
कागतीः शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ। बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ। बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ।
आलसः मुटुलाई अत्यन्त आवश्यक ओमेगा ३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पुर्याउँछ। फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ।
यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन्।
घरेलु उपाय
लसुन स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। यसले प्राकृतिक रुपमा रगतलाई सफा गरी रगतमा भएका विकारलाई फाल्न मद्दत गर्छ। त्यसैगरी यसले पेटको समस्या, रुघाखोकी, घाँटीको समस्या, श्वासप्रश्वासको समस्याबाट आराम दिन्छ।
यसले अनुहार तथा छालाका समस्याबाट पनि छुटकारा दिन्छ। यसमा साइटोकेमिकल्स हुन्छ जुन फोक्सो सफा गर्न पनि लाभदायक छ । त्यसगरी यसले रगतमा भएको बोसो पगाल्नुका साथै रक्तचापलाई सन्तुलनमा राख्न समेत मद्दत गर्छ।
बिहान खाली पेटमा करिव तीन पोटी लसुन मन तातो पानीसित खाने गर्नाले रगत सफा हुनुका साथै एसिडिटीबाट छुट्कारा पाउनु मद्दत मिल्छ।
कागती
कागतीमा सिट्रिक एसिड पाइनुका साथै अल्कालिनको तत्व पाइन्छ। यसले तपाईको शरीरमा भएको विकारलाई हटाउन मद्दत गर्छ। यो तपाईको पाचन शक्ति बढाउन पनि लाभदायक छ। तीन चम्चा कागतीलाई मनतातो पानीमा हाल्ने। त्यसमा केही मह मिसाएर खाली पेटमा सेवन गर्नाले शरीरमा भएका बिकार पदार्थ नष्ट गर्न मद्दत गर्छ।
करेला
करेलालाई शरीरमा भएको रगत सफा गर्न उपयुक्त तरकारीको रुपमा लिइन्छ। यसले क्यान्सर, पायल्स जस्ता रोग सित लड्न सहयोग गर्छ। त्यसैगरी सुगर कम गर्न, रगतमा वोसोको मात्रा कम गर्न, छाला सफा गर्न पनि मद्दत गर्छ। यसले हाम्रो पाचन प्रणालीलाई पनि मजबुत बनाउछ।
अमला
अमलाले रगत सफा गर्नुका साथै हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउछ। यसले फोक्सो तथा आन्द्रालाई सक्रिय बनाइराख्छ। अमलाको पातदेखि बोट तथा जरासम्म पनि औषधीका रुपमा प्रयोग गर्न सकिन्छ। ४ र ५ ओटा अमलालाई रातभरी पानीमा भिजाएर भोलीपल्ट विहान उक्त अमलालाई पानीमा घोलेर, छान्ने र दुई चम्चा महसित मिसाएर खाने गर्नाले शरीरमा भएका विभिन्न खाले विकार हटाउन मद्दत गर्छ।
तुलसी
हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ। पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ। यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसले रगत सफा गर्नुका साथै शरीरमा भएका विकार नष्ट गर्न सघाउ पुर्याउँछ। यो एन्टीबायोटिकका रुपमा पनि प्रयोग गर्न सकिन्छ।
शरीरको खराब व्याक्टेरियालाई कसरी हटाउने ?
प्रतिरोधी क्षमता शरीरको महत्वपूर्ण भाग मध्यको एक हो । शरीरको प्रतिरोधी क्षमताले शरीरलाई किटाणु तथा विषाणुबाट जोगाएर शरीरलाई तदरुस्त राख्न मद्दत गर्छ । तर, जब यसमा गडबडी आउँछ, तब शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ । यस्ता संक्रमणबाट जोगाउन तथा शरीरलाई फिट राख्नका लागि पनि शरीरको प्रतिरोधी क्षमता मजबुत हुन जरुरी छ । र, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने यी उपायहरु अपनाउन सकिन्छ ।
तनावबाट टाढा रहने, राम्ररी सुत्ने
प्रत्येक व्यक्तिले दिनमा कम्तीमा सात देखि आठ घण्टा सुत्न जरुरी छ । तर व्यस्त जीवनशैली तथा तनावका कारण सबैका लागि लामो समय सुत्न सम्भव पनि छैन । कम निद्रा तथा धेरै तनाव लिएमा शरीरमा कार्टिसोलको स्तर ह्वात्तै बढ्ने गर्छ । जसले शरीरको प्रतिरोधी क्षमता कमजोर बनाउनुका साथै शरीरमा विभिन्न समस्या निम्त्याउने गर्छ ।
धुमपान नगर्ने
आजकल धुमपान गर्नु मानिसको लागि शानको कुरा भएको छ । पुरुषहरुमा मात्र हैन, महिलाहरुमा पनि आज धुमपान गर्ने गर्ने ट्रेण्ड बढ्दै गएको छ । जबकी धुमपान स्वास्थ्यको लागि हानीकारक छ । यसले स्वास प्रस्वास तथा फोक्सो सम्बन्धि समस्यामात्र निम्त्याउँदैन, बाझोपनाको समस्या समेत निम्त्याउने गर्छ । धुमपानकै कारण विभिन्न प्रकारको क्यान्सरको जोखिम समेत निम्तने हुदाँ धुमपानबाट जति टाढा बस्न सक्यो, स्वास्थ्यको लागि त्यति नै धेरै फाइदाजनक हुन्छ ।
मदिराले खराब हुनसक्छ कलेजो
धुमपान झैं मदिराको सेवन आजकल सामान्य हुँदै गएको छ । मदिराको सेवन आजकल सामान्य बदलिदो जीवनशैलीको एउटा अभिन्न अंगको रुपमा देखिएपनि यसको अत्याधिक सेवनले कलेजो खराब हुनसक्छ । त्यसैले, लामो आयु बाच्न तथा शरीरलाई स्वस्थ राख्न पनि मदिरा त्याग्न आवश्यक हुन्छ ।
पानी तथा हरिया साजसब्जी
पानीको सेवनले शरीरको विषाक्तता पिसाब तथा पसिनाको माध्यमद्धारा बाहिर निकाल्न सहायता प्रदान गर्छ । जबकी हरियो सागसब्जीमा पर्याप्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन तथा खनिज पदार्थ पाइन्छ । जसले शरीरमा ताकत बढाउने मात्र हैन, रोगसित लड्न पनि मद्दत गर्छ ।
प्रोबायोटिक्स छ फाइदाजनक
हाम्रो शरीरमा दुई किसिमका व्याक्टेरिया हुन्छ, असर व्याक्टेरिया र खराब व्याक्टेरिया । जब शरीरमा खराब व्याक्टेरियाको अनुपात धेरै हुन्छ, तब शरीरमा रोगको संक्रमण धेरै हुने गर्छ र मानिसहरु छिटो छिटो विरामी हुन थाल्छन् । दहीले शरीरको प्रतिरोधी क्षमता बढाएर रोगसित लड्न मद्दत गर्ने हुदाँ यसलाई दैनिक आहारमा सेवन गर्न जरुरी छ ।
घाममा बस्ने
शरीरलाई पर्याप्त मात्रामा भिटामिन ‘डी’को आवश्यकता पर्छ । र, भिटामिन ‘डी’ घामबाट पाइन्छ । भिटामिन ‘डी’ ले हड्डीलाई मजबुत बनाउनुका साथै प्रतिरोधी क्षमता मजबुत बनाउने गर्छ ।
नियमित एक्सरसाईज गर्ने
शरीरलाई स्वस्थ राख्न दिनमा कम्तीमा पनि १५ देखि २० मिनेटको एक्सरसाइज जरुरी छ । एक्सरसाइजले व्लड प्रेशरलाई नियन्त्रित राख्नुका साथै रोगसित लड्ने क्षमता पनि बढाउँछ ।
ड्राइ फ्रुट्स हुनसक्छ लाभदायक :
डाई फ्रुट्स मानिसहरु नमोटाओस् भन्नका लागि खादैनन्। जबकी डाई फ्रुट्सले तौल अवश्य नै बढाउँदैन । बरु ड्राई फ्रुट्समा भिटामिन्स, मनरल्स तथा फाइबर भरपूर मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।



लाेकपाटी न्यूज

