ओखलढुङ्गा बस दुर्घटना : तीनको मृत्यु, १५ घाइते

Accidents
लाेकपाटी न्यूज

ओखलढुंगा, २५ असार। ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
बुधबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ मा दुर्घटना हुँदा दुुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ।

घाइतेमध्ये चार जनालाई काठमाण्डौं ल्याइएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ। चिप्लो बाटो भएर दुर्घटना भएको अनुमान गरिएको छ भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्