बुद्ध भारतमा जन्मिएका हुन् भनेर पढ्न अस्वीकार गर्दा कलेजबाट निकालिएँ : गायक राई

Dhiraj rai
लाेकपाटी न्यूज

काठमाडौं, २१ असार । गायक धीरज राईले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियान लामो समयदेखि चलाइरहेका छन्।

यसको प्रचार गर्न विभिन्न ठाउँमा कन्सर्ट पनि गरिरहेका छन्, त्यसकारण पनि हुनु पर्छ अहिले उनको नयाँ गीत बजारमा आएको छैन। यसै क्रममा गायक राईले अहिले आएर एउटा नयाँ कुराको खुलासा गरेका छन् । आफूले ‘बुद्ध भारतमा जन्मिएका हुन्’ भनेर पढ्न अस्वीकार गर्दा कलेजबाट निकालिएको बताएका छन्।

उनले भनेका छन्, ‘मास्टर्स पढ्दा कोर्समै बुद्ध भारतमा जन्मेको भनेर राखिएको रहेछ। त्यस्तो होइन, बुद्ध नेपालमै जन्मेका हुन् भन्दा म आफैँ कलेजबाट निकालिएँ।’ उनले बुद्धसम्बन्धी भ्रम छर्ने पाँच सय किताब जलाएको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्