ओली नेतृत्वले देश चलाउन सकेन : वरिष्ठ नेता पौडेल

Ramchandra-Poudel
लाेकपाटी न्यूज

चितवन, २१ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश भ्रष्टाचारको दलदलमा डुबेको बताएका छन्। शनिबार नारायणगढमा भएको एक कार्यक्रममा बोल्दै सरकार चलाउनेसँग सदाचारीको भावना भेट्टाउन मुस्किल भएको बताए।

आर्थिक रुपमा बिचलनका घटना यती धेरै आउदा पनि सरकार मौन बस्नु लाजमार्दो भएको उनको भनाई थियो। सरकारको काम गर्ने शैली ठिक नहुदा हरेक निर्णयहरु विवादास्पद भइराखेको छ उनले भने ओली नेतृत्वले देश चलाउन सकेन।

यसै गरी वरिष्ठ नेता पौडेलले शनिबार नै नेविसंघ वीरेन्द्र क्याम्पसले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरेका छन्। उनले पार्टीको बिचारबाटै नै देशलाई अगाडि वढाउन सकिने भन्दै युवा वर्गलाई प्रशिक्षणको आवश्यकता रहेको बताए।