काठमाडौं, १९ असार । दिपक मनाङे भनेर चिनिने मनाङबाट निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन्।
मनाङले तेश्रो पटक नेकपा प्रवेश गरेका हुन्। मनाङका जिल्ला सभापति र लमजुङका नेताहरु, अर्को पटक काठमाडौं जिल्ला अध्यक्षबाट र अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट टिका खादा लगाएर नेकपामा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस लथालिङ्ग भएको र कांग्रेसको भातृ संगठन तरुण दलसमेत त्यसैको शिकार बनेपछि कांग्रेसमा धेरै जस्तो नेताहरु फ्रस्टेड भएर बसेको उनले दाबी गरेका छन्।
नेकपा भन्ने नाम नै गज्जबको भएको भन्दै आफूले पार्टी प्रवेश गरेको उनको तर्क छ। स्वतन्त्र उम्मेदवार भएपछि बजेट लगायत अन्य कुरामा समेत समस्या परेको स्मरण गर्दै उनले सांसदको तलवबाट चिया खान समेत नपुगेको दावी गरेका छन्।
सांसद बनेपछि व्यवसायमा ध्यान दिन नसकिएको र सांसदलाई आउने ४५ हजार कार्यकर्तालाई समेत दिनु पर्ने भएकाले समस्या भएको उनको तर्क छ।



लाेकपाटी न्यूज

