सात दिनभित्र अदालत नआए अमेरिकी दूतावास प्रतिनिधिलाई पक्राउ गर्न आदेश

distric-court-ktm pic
लाेकपाटी न्यूज

काठमाडौं, १६ असार। काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यसअघि पनि अमेरिकी दूतावासका अनुसन्धान अधिकृत जेम्स गुआन्सीलाई साक्षीका रुपमा अदालतमा आउन आदेश गरेको थियो।आदेश अटेर गरी अदालतमा उपस्थित नभएपछि सोही इजलासले अर्को आदेश जारी गर्दै सात दिनको समय दिएको हो।

सात दिनभित्र अदालत नआए दुई हजार रुपैयाँ जरिवानासहित पक्राउ पूर्जी जारी गरी उपस्थित गराउन दोस्रो पटक आदेश भएको हो। अमेरिकी डिभी चिट्ठा परेका एक नेपालीको प्रमाणपत्र नक्कली भएको भन्दै दूतावासले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्