बिवाहको दाइजोमा १ करोड नपाएपछि दुलहाले छोडिदिए विवाहको मण्डप

biheko mandap
लाेकपाटी न्यूज

एजेन्सी ।भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। यहाँ एक दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेका छन्।

पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छि। दुलहीले पुलिसमा अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन्।

स्रोतका अनुसार अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन्। पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए।उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए।

पीडितले भनिन्, ‘उनीहरुको यो माग सम्बोधन गर्न परिवार सहमत भयो तर विवाहको दुई दिनअघि मात्रै उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने नभएर विवाह तोड्ने चेतावनी दिइन्।’ विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गए। पुलिसले यो मामलामा परिवारविरुद्ध प्राथमिकी दर्ता गरेको छ।