‘साेचेभन्दा राम्राे रिजल्ट आयो, अब व्यवस्थापन पढ्छु’ : करिश्मा मानन्धर

Karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । नायिका करिश्मा मानन्धरले एसईईमा ३ जीपीए (बी प्लस) ल्याएपछि खुशी व्यक्त गरेकी छिन् । अब उनले व्यवस्थापन विषय लिएर थप अध्ययन गर्ने बताएकी छिन् ।

उनले दुई विषयमा आफूलाई थोरै शंका लागे पनि नतिजाले आफूलाई निकै खुशी लागेको बताइन् । साथै उनले आफूले आशा गरेभन्दा राम्रो नतिजा आएको बताइन् । ‘सोचेभन्दा राम्रो नतिजा आयो । खुशी छु,’ करिश्माले भनिन्, ‘बी आउने अपेक्षा गरेकी थिएँ, ‘बी प्लस’ आयो, अब व्यवस्थापन पढ्छु ।’

यता एसईईको नतिजा प्रकाशन भएपछि करिश्मालाई बधाइ दिनेको ओइरो लागेको छ । आज एसईईको नजिता प्रकाशन हुने भएपछि उनलाई बिहानैदेखि तारन्तार फोन आइरहेको उनले बताएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्