मदन भण्डारी विश्वविद्यालय खाेल्ने सरकारकाे निर्णय

gokul
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खुल्ने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विश्वविद्यालयको प्रस्ताव गर्दै एक अर्ब १० करोड बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्