प्रकाशित हुन अड्किएको नेकपाको राजनीतिक प्रतिवेदनमा के छ ? (संशोधित पूर्णपाठ)

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक र वैचारिक दृष्टिकोणलाई प्रष्ट पार्ने राजनीतिक प्रतिवेदन अझै पनि प्रकाशित हुन सकेको छैन ।

नेकपाका अध्यक्षद्वयलाई अन्तिम टुंगो लगाउने जिम्मा दिइएको सो राजनीतिक प्रतिवेदनमा प्रयुक्त शब्दावलीहरुमा नेकपाका अध्यक्षद्वयमध्ये प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई चित्त नबुझेका थुप्रै बुँदाहरु रहेको र सोही कारण नै प्रकाशित हुन ढिलाइ भइरहेको बताइएकाे छ ।

२०७५ जेठ ३ गते निर्वाचन आयोगमा बुझाइ समेत सकिएको नेकपाको सो प्रतिवेदनमा के छ भन्ने सबैकाे खुल्दुलीकाे विषय भनेकाे छ ।

यो प्रतिवेदन निर्वाचन आयोगमा बुझाइएको प्रतिवेदनमा थपघट संशोधन भइसकेको प्रतिवेदनको पाठ हो यद्यपि यो आफैंमा अध्यक्षद्वयमा अन्तिम मतैक्यता भई प्रकाशनको लागि तयार भइसकेको प्रतिवेदन भने होइन ।