बुटवल , ११ असार । रुपन्देहीमा आमाले बिवाहा गर्न नमानेपछि छ वर्षीया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ।
रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको छ।पर्सा वीरगञ्जका जयराम दासको अपहरणमा परेकी नावालिकालाई प्रहरीले बुटवलको एक होटेलबाट उद्धार गरेको हो। प्रहरीका अनुसार दासले रुपन्देही तिलोत्तमाकी एक महिलालाई बिवाह प्रस्ताव गरेकोमा महिलाले प्रस्ताव अस्वीकार गरेपछि उनकी छोरी अपहरण गरेको प्रहरी स्रोतको दाबी छ।
९ गते अपहरित भएकी नावालिकालाई प्रहरीले बुधबार बिहान उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ९ गते साँझ ८ बजेको समयमा तिलोत्तमा नगरपालिका बाट ६ वर्षकी बालिका वीरगञ्ज २७ घर भएका वर्ष ३८ को जयराम दासले अपहरण गरेका थिए।
जयराम दासले बिगत नौ महिनादेखि तिलोत्तमा रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएको थिए। सोही क्रममा ति वालिकाको आमासँग चिनजान भएको थियो। दासले महिलालाई बिवाहको प्रस्ताव राखेकोमा निजले नमाने पछि नाबालिकाको अपहरण गरेको प्रहरीले पुष्टि गरेको छ।
घरमा श्रीमान् नभएको र आमा, छोरी मात्र घरमा भएको अवस्थामा जवरजस्ती अपहरण गरी लगेको थियो। प्रहरीले खोजी तीव्र पार्ने क्रममा नाबालिका फेला पारेको हो। बुटवल उपमहानगरपालिका वडा नं. स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित नाबालिका फेला पारी उद्धार गरिएको हो। अपहरणकर्ता दासलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

