काठमाडौं, ९ असार । नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिई लगानी व्यवस्थापन कार्य नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । पछिल्लो समय शेयर व्यवसायको लगानी व्यवस्थापन सम्बन्धि कार्य बोर्डबाट अनुमति नलिई कतिपय कम्पनीले गर्न थालेको लगानीकर्ताबाट गुनासो आएपछि त्यस्ता कम्पनीबाट काम नगर्न बोर्डले निर्देशन दिएको हो ।
बाेर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापन सम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको/नगरेको एकिन गरेर मात्र सेवा लिन बोर्डले अनुरोध गरेको छ ।
धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ ।
अहिले वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा अनुमति प्राप्त संस्था छन् । ती संस्थाहरुबाट मात्र कारोबार गर्न बोर्डले भनेको छ ।
यी हुन् अनुमतिपत्र प्राप्त संस्थाहरु:




लाेकपाटी न्यूज