अहिलेको कर्मचारीतन्त्र भङ्ग गर्नुपर्छ : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्युरोक्रेसीलाई जरादेखि नै निर्मूल नपारेसम्म नेपालको विकास नहुने भन्दै अहिलेकाे कर्मचारीतन्त्र भङ्ग गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकको छलफलमा सहभागी भएका डा. भट्टराईले बजेट कार्यान्वयनमा पूरानो खालको कर्मचारितन्त्रलाई नफाले बजेट जस्तो खालको आए पनि खर्च हुनै नसक्ने स्थिति आइराख्ने बताए ।

कर्मचारीतन्त्र राणाकालमा बनेको चाकडी खालको भएकाले यसलाई आँटका साथ भत्काएर जानै पर्ने उनले बताए।  प्रक्रियामूखी कर्मचारीतन्त्र एक झड्कामा भत्काएर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्