सबै जिल्लामा समानुपातिक बजेटको व्यवस्था गरौं : योगेश भट्टराई

yogesh-bhattrai
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले सबै जिल्लामा समानुपातिक बजेट बिनियोजनको अवस्था बनाउन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा जिल्ला विकास परिषद गठनको प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बिनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले यो व्यवस्थालाई मजवुत बनाउन यो काम अनिवार्य रहेको बताए। नेता भट्टराईका अनुसार प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख रहेको विकास परिषद गठन गर्न प्रस्ताव गरेका हुन्।

सांसदले ६ करोड लिए, प्रदेश सांसदले पनि बजेट लिए, दुरुपयोग हुन्छ भन्दै सांसदमाथि नै प्रश्न उठाउने काम भइरहेको छ, यसले सिंगो व्यवस्थाको बदनाम गरिरहेको छ भने सांसदहरुमा बजेटलाई लिएर आक्रोश पनि देखिएको छ, यस्को एउटै समाधान हुन्छ, जिल्ला विकास परिषद गठन गर्ने र त्यस्ले बजेट बनाउनुभन्दा दुई महिना अगावै आफ्नो निर्वाचन क्षेत्रको विकासको खाका र बजेट प्रस्ताव गर्नुपर्छ, भट्टराईले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्