सत्तापक्ष र प्रतिपक्षबीच बैठक, काे-काे छन् सहभागी ?

Oli- prachand- deuba
लाेकपाटी न्यूज

काठमाडौं, ४ जेठ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सत्तापक्षीय शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच बैठक हुन लागेको हो।

देउवासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, उर्जामन्त्री बर्षमान पुन र कानून मन्त्री भानभक्त ढकाल सहभागी हुनेछन्।नेपाली कांग्रेसको तर्फबाट सभापति देउवाका अलावा केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकले बैठकमा सहभागी हुने स्रोतले बताएको छ।

प्रतिनिधि सभामा मंगलबारदेखि प्रमुख प्रतिपक्षले सुरु गरेको अवरोधका विषयमा छलफल गर्नका लागि भने प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताबीच यो भेटघाट र छलफल हुन लागेको होइन। स्रोतका अनुसार द्वन्द्वकालिन विषयहरुका सम्बन्धमा गठन गरिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र त्यससँग सम्बन्धित विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी र सत्तारुढ दलका प्रमुख नेताहरुबीच छलफल हुन लागेको हो।