‘१० गल्तीबाट बच्नुस्, जसले तपाईलाई मृगौला रोगबाट बचाउँछ’

kidney anatomy
लाेकपाटी न्यूज

क्रोनिक मृगौला रोग हुने सबैभन्दा मुख्य कारण मधुमेह हो। मधुमेहले मृगौलाको कार्यलाई बिस्तारै कम गरिदिन्छ। सुगरको उच्च मात्राले मृगौलाको रक्तवाहिनी नलीलाई असर पुर्याउँछ र क्रोनिक मृगौला रोगको कारण बन्छ।

क्रोनिक मृगौलाको समस्या हुने एउटा कारण उच्च रक्तचाप पनि हो, जसलाई हाइपरटेन्सन पनि भनिन्छ। उच्च रक्तचापले मृगौलाको कार्यलाई असर पार्छ। मृगौलाको समस्या अन्य कारणले देखिए पनि हाइपरटेन्सनले यसलाई अझ बढी खराब पार्छ।

मृगौलाको धमनीले यसको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। साथै यसले मृगौलामा रगत प्रवाहमा पनि सहयोग पुर्याउँछ, यदि यो धमनी अवरुद्ध भएमा रगत प्रवाह हुन सक्दैन र समस्या बढ्छ। जन्मजात समस्याले मुत्रमार्गमा बाधा उत्पन्न गराउँछ, यसबाट कैयौं समस्या उत्पन्न हुन सक्छन्, जसले मृगौलालाई असर पार्छ। यद्यपि गर्भमै रहेका बेला यो समस्या फेला पारेमा शल्यचिकित्साद्वारा ठीक गर्न सकिन्छ।

लागूऔषध तथा लामो समयसम्म औषधि सेवनले मृगौलालाई असर पुग्न सक्छ। आवश्यकभन्दा बढी स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रग्सको प्रयोग र स्ट्रीट ड्रग्सको प्रयोगले किड्नीलाई बढी असर पुर्याउँछ। दैनिक जीवनमा गर्ने १० गल्ती जसले मृगौलालाई हानी पुर्याउँछ।

१. पोषणको अभाव – शरीरमा पोषक तत्वको अभाव भयो भने मृगौला खराव हुन्छ । भिटामिन र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।

२. मासु बढी खाने – मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाईको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ, जसले मृगौलामा सोझै असर गर्छ।

३. अनिद्रा – रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ। यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ। निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ।

४. चिया कफी बढी सेवन – चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।

५. पेनकिलर सेवन – टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाईको मृगौलामा प्रभाव पार्छ।

६. जाँड रक्सी – अल्कोहल अर्थात् जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।

७. पानी कम पिउने – यदि तपाई नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबैभन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।

८. नून बढी खानु – खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ । तपाईले दिनमा ५ ग्रामभन्दा बढी नून खानु हानिकारक छ।

९. पिसाब रोक्ने – यदि पिसाब आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजैदेखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।

१०. गुलियो खाने बानी – यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजैदेखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो। मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ। विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ। जीवनशैलीमा सामान्य सुधार गर्दा पनि यो खतरनाक रोगबाट बच्न सक्छौं।

शुरुमै यसको असर देखिम्दैन। जब देखिन्छ, तब निकै भयानक भइसकेको हुन्छ। यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। त्यसकारण यस रोगको बारेमा पूर्वसावधानी अपनाउन एकदमै आवश्यक छ। यो रोगको लक्षणहरु यस प्रकार रहेका छन्।

१. मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन। त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ।

२. मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ।

३. मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ। जसले ब्लड प्रेशर बढ्ने गर्छ।

४. शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ।

५. मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ। रातको समयमा झनै बढी हुने गर्छ।

६. पिसाव गर्ने बेला निकै पीडा हुने गर्छ। दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ।

७. पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन्।

८. मिर्गौलाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन। त्यसपछि ट्यूमरको रुप लिने गर्दछ। मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ।

९. किड्नीको खराबीले गर्दा ब्लडमा अक्सिजन प्रवाह हुन पाउँदैन। त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ।

१०. यो मिर्गौलाको विरामीको आम लक्षण हो। शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ।

कसरी जोगाउने मृगौला ?

मानव शरीरको कम्मरको दुवैतिर सिमी आकारका मृगौलाहरू हुन्छन्। वयस्कमा कम्प्युटरको माउस साइजको हुने मृगौलाको तौल १ सय ५० ग्राम जति हुन्छ। दायाँतर्फको मृगौला थोरै तलतिर हुन्छ। २४ घण्टामा मृगौलाले करिब १ सय ८० लिटर रगत (तरल पदार्थ) फिल्टर गर्छ। त्यसमध्ये रगतमा रहेको विकार वस्तु (हानिकारक र रासायनिक पदार्थ) फिल्टर गरेर १७८.५ लिटर तरल फेरि शरीरमा फर्काउँछ।

यस प्रक्रियामा स्वस्थ मानिसको शरीरमा दैनिक करिब डेढ लिटर पिसाब निर्माण हुन्छ। पिसाब थैलीले टयांकीको रूपमा शरीरबाट बाहिर फयाँक्नुअघि भण्डारणको रूपमा पिसाब थैलीमा दुई कप बराबर पिसाब २ देखि ५ घण्टासम्म थेग्न सक्छ।

मृगौला कसरी बिग्रन्छ ?

मृगौला तथा पिसाब नलीमा हुने संक्रमण, मृगौलाकै सुजन (नेफ्राइटिस), मृगौलामा पत्थरी, मृगौलामा पानीको फोका (सिस्ट) बन्ने समस्याका कारण मृगौलामा खराबी हुन सक्छ। मृगौलाकै वंशानुगत समस्या तथा टयुमरले पनि खराबी हुन्छ। मृगौलाभित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह, उच्च रक्तचाप तथा वंशाणुगत कारणले सधंैका लागि मृगौला बिग्रन सक्छ।

डायलाइसिस के हो ?

मृगौलाले ८५ देखि ९० प्रतिशतसम्म काम गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायनिक वस्तुहरू थुप्रिन्छन्। यस्तो प्रतिकूल अवस्थामा मेसिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्