एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका छन्।
मंगलबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताएका हुन्। ‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ ट्रम्पले लेखेका छन्। उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि तारिफ गरेका छन्।
एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानूनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो।
आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिवद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका छन्। अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्।



लाेकपाटी न्यूज

