मेमोरी किङ अर्पण शर्मा, जसकाे दिमागमा मेमाेरीका २५ हजार फोल्डर छन् (भिडियाे)

arpan-memory
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली एक युवा, जसको मेमोरी पावरले संसार हल्लायो । मेमोरी किङका रुपमा परिचित ती युवाको नाम हो अर्पण शर्मा कट्टेल । उनको स्मरणशक्ति यति तेज छ कि त्यसकै कारण उनले गिनिज बुक अफ द वल्र्ड रेकर्ड राख्न सफल भए।

हरेक कुरालाई स्मरण गर्ने यिनको छुट्टै तरिका छ। हामीले कम्प्युटरमा जसरी हरेक डकुमेन्टलाई विभिन्न फोल्डर बनाएर राख्छौं र आवश्यक परेको बेला खोल्छौं, त्यसरी नै युवाले पनि दिमागभित्रै २५ हजार फोल्डर बनाएको बताएका छन्।

अर्पण शर्मा कट्टेल तेज स्मणशक्ति भएका यस्ता युवा हुन्, जो वस्तुहरूको नामको लामो सूची एकचोटि हेरेपछि क्रम नटुटाई सरासर भन्न सक्छन् ।यही प्रतिभाका कारण उनले गिनिज बुक अफ द वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाइसकेका छन् ।

उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका हुन् । सन् २०१५ सेप्टेम्बर २६ तारिखमा उनले यो रेकर्ड बनाएका थिए । उनले एक मिनेटमा ४० वटा वस्तुको नाम स्मरण गरेका थिए ।

अर्पण शर्माले गिनिज बुकमा नाम मात्र लेखाएनन्, अहिले १ लाख नम्बर सम्झन उनले आफ्नो दिमागमा २५ हजार फोल्डर बनाएका छन् । उनले याे कुरा फेवा टेलिभिजनबाट प्रसारित फेवा सन्दर्भ कार्यक्रममार्फत भनेका हुन्। हरेक परीक्षामा सफल हुन, क्यालेन्डर याद गर्न, कयौं फोन नम्बर कण्ठ पार्न उनको के जुक्ति रहेछ त ? जान्नको लागि भिडियो हेर्नुहोस्ः