पोखरा, ३२ जेठ । पोखराको चिप्लेढुंगा चोकमा सडक भासिएको छ। पोखरा ४ चिप्लेढुंगाको बीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान भासिएको हो।
सडकमाथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको छ। डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडा अध्यक्ष शंकर बाँस्तोलाले बताए।
खानेपानीको पाइपबाट पानी लिक भएको र पानीकै कारण भासिएको उनले बताए। भासिएको सडक हेर्न सर्वसाधारणको भीड लागेको छ। पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो। पोखराका ठाउँमा जमिन भासिँने गरेको छ।



लाेकपाटी न्यूज

