काठमाडौं, ३१ जेठ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले केही अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन्। शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दे पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्गसमेत बनाई मन्त्री पुनको भनाई भन्दै समाचार आएकोप्रति आपत्ती जनाएको हो।
विज्ञप्तीमा भनिएको छ, उक्त समाचारबारे हामीले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दासमेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उनले स्पष्ट पारेका छन्। त्यसैले यो खबर झुटो भएको जानकारी दिन चाहन्छौं। त्यस्तै पत्रकार रवि लामिछानेको सन्र्दभमा मन्त्री पुनले कुनै अभिव्यक्ति नदिएको भन्दै विज्ञप्तीमा भनिएको छ, पत्रकार रवि लामिछानेको सन्र्दभमा माननीय मन्त्रीज्युले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु।
उनको हवाला दिँदै आएका समाचारहरु सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिकासमेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं। मन्त्री पुनको सचिवालयले मन्त्री पुन र पत्रकार लामिछानेलाई जोडेर आएका समाचारको भ्रममा समेत नपर्न आग्रह गरेको छ।
हेर्नुस् यस्तो छ विज्ञप्तीको पूर्णपाठ :-
माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ।
पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ। उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ। त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं।
पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु। उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं। म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु। साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु।



लाेकपाटी न्यूज

