संसदमै ‘ब्लू फिल्म’ हेरेपछि कांग्रेस सांसद निलम्बित !

congress_samsad pakrau
लाेकपाटी न्यूज

काठमाडौं, ३० जेठ । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद पक्राउ परेका छन्।  भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात पक्राउ परेका हुन्।

यो घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ  संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए। उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बीजेडीले उनीविरुद्ध कारवाहीको माग गरेको छ।

बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै लाजमर्दो कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन्। यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने जनाएको छ।
कांग्रेस महासचिव सुलोचना दासले भनेका छन्, यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ।

तर, रंगेहात समातिएका सभासद दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे। उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको पनि दाबी गरे। मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन्।  उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन्। झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए। एजेन्सी