छोरीको हत्या गरी शौचालयमा फाल्ने आमाको पहिचान खुल्याे

sab-baby-death
लाेकपाटी न्यूज

महोत्तरी, २९ जेठ। छोरीको हत्या गरी शौचालयमा शव फाल्ने महिलाको पहिचान खुलेको छ। आइतबार जलेश्वर अस्पतालमा एक शिसुको शव शौचालयमा भेटिएको थियो ।

आफूले गर्भ पहिचान गरी पतन नगरी अत्यधिक रक्तश्रावका कारण आफै गर्भपतन भएको महिलाको भनाइ छ। दुई छोरीका आमा रहेकी ति महिलाले प्रहरीको बयानमा भनिन्, ‘अध्याधिक रक्तश्राव हुन थालेपछि अस्पताल पुगेर उपचार गराउने क्रममा गर्भपतन भएको हो।’

शिशुको शवको पोष्टमार्टमको रिपोर्ट र महिलाको बयानमा भिन्नता देखिए अनुसन्धान अगाडि बढाइने तथा मृत शिसुको शव आफ्नो भएको बयान महिलाले दिएकीले डिएनए परिक्षण आवश्यक नभएको प्रहरीको भनाइ छ। ती महिलाले आफू, श्रीमान र दुई छोरी सन्तानसँगै बस्दै आएको बताइन्। घर निर्माणको चरणमा रहेकाले घर बनाउन प्रयोग हुने इट्टा आफैले व्यवस्थित गर्न थाल्दा रातिदेखि अचानक रक्तश्राव हुन थालेको उनको भनाइ थियो।

उनले भनिन्, ‘पीडा कम नभएपछि बिहानै ४ बजेतिर आफन्तहरुसँग जलेश्वर अस्पताल पुगेँ। उपचारकै क्रममा करिब १२ बजे पिसाव फेर्न शौचालयमा गएँ र पिसाव फेर्दै गर्दा अचानक बच्चा पतन भयो। पछि बच्चा त्यहीँ छोडेर एक नर्सलाई जानकारी गराएर घर आएँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्