काठमाडौं, २८ जेठ । संयुक्त राज्य अमेरिका स्थित वाशिङ्टन डिसिमा स्थापना भएको नारायण रिना मेमोरियल फाउण्डेसन (नारी) ले दुर्घटना परी दुबै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । नारी फाउण्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
पत्रकार सम्मेलन माझ नारीले मेघा घिमिरे स्माईलका साथै श्री एनिमल रेस्कु, टिका बिद्या आश्रम र बाजुराको विद्यालयलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रिमा कटुवालले नारी फाउण्डेसन आफ्ना स्वर्गीय पिता नारायण केसी र स्वर्गीय बहिनी रिना केसीको स्मृतिमा खुलासा गर्दै हरेकको दुखमा साथ दिन संस्था क्रियाशिल रहेको बताएकी थिईन् ।
उनले किशोरावास्थामा दुबै हात गुमाएकी मेघा घिमिरेको हातको उपचारका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी गराएकी थिइन् । साथै संस्थाले जनावरको ऊद्धार, भुकम्प प्रभावित बिद्यालय र विकट क्षेत्रमा संचालित विधालयलाई सहयोग गर्न ठोस कार्यक्रम अगाडी सारेको पनि स्पस्ट पारिन् । सोही कार्यक्रम माझ एनिमल रेस्क्यु संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल अभिवावक महासंघका संयोजक तथा नारी फाउण्डेसनका कन्ट्री डाईरेक्टर शुप्रभात भण्डारी, पत्रकार ॠषि धमला, दुबै हात गुमाएकी किशोरी मेघा घिमिरे, एनिमल रेस्क्युका संस्थापक श्रीजना ठकुरी, टिका विधा आश्रमका प्राध्यान्ध्यापिका विमला लामिछाने लगायतले मन्तब्य धारणा राख्दै नारी फाउण्डेसनले परोपकारको क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताए । पत्रकार ॠषि धमला दुबै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहानुभूति दिन छोरी एरिका सहित कार्यक्रम स्थल पुगेका थिए ।



लाेकपाटी न्यूज
