काठमाडौं, २४ जेठ। कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी व्यक्ति घाइते भएका छन्।
हावा हुरीका कारण घाइते, अंगभंग तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावितप्रति नेपाली कांग्रेस दुःख प्रकट गरेको छ। प्राकृतिक विपदका कारण अकालमै निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
‘यस विपदमा परी घाइते हुनु भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ।’
कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न तथा जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न विज्ञप्तिमार्फत आग्रह गरेको छ।



लाेकपाटी न्यूज

