‘मिसेस आर्यन नेपाल २०१९’ काे ताज कवितालाई

Kabita Dhakal
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ। ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कविता ढकालले जितेकी छन्। कविताले शिर्षसहित पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल समेत हात पार्दा फस्ट रनरअप स्र्पाकल पुरी र सेकेन्ड रनरअप सिमा थापा घोषित भए।

जमलको राष्ट्रिय नाचघरमा आयोजित ‘मिसेस आर्यन नेपाल २०१९’को अनितस्पर्धामा कविताले ताज, ट्रफि र प्रमाणपत्र हात पारिन्। एमाजोन इन्टरटेन्मेन्टले विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन्।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगीताको निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्