कामाडौं, २३ जेठ। नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार) चाईनिज ताईपेईसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। ताईवानमा साँझ ५ बजे सुरु हुने खेलमा नेपालले बलियो ताईपेईलाई हराउने लक्ष्य लिएको छ।
नेपाल आइतबार मलेसियासँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट ताईपेई गएको हो। मलेसियासँगको खेलमा नेपाल २–० गोलले पराजित भएको थियो।
ताईपेई नेपालको तुलनामा बलियो टोली हो। फिफा वरियतामा ताईपेई एक सय २५ स्थानमा छ। नेपाल एक सय ६१ स्थानमा छ। मलेसियासँग खेल्दा चोट लागेका स्ट्राईकर अन्जन बिष्टले आजको खेल खेल्ने छैनन्।



लाेकपाटी न्यूज

