महेश सिंह महतो/सिरहा, २२ जेठ। सिरहाको लहान नगरपालिकाभित्र रहेका नीजि तथा सामुदायिक र सरकारी विद्यालयहरुमा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले जोखिम न्यूनीकरण गर्न जनचेतना अभियान शुरु गरेको छ।
सिरहामा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पको सहकार्यमा सम्बन्धित स्कुलहरुले विद्यार्थीहरुलाई सचेतना अभियान कक्षा शुरु गरेका हुन्। गत वैशाखदेखि शुरु गरेको सो अभियान अहिले लहान नगरपालिकाको पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मा.बी. स्कुल, बस्तीपुर मा. बि. र शारदा म. बि. लगायतका विद्यालयहरुको छात्रछात्रालाई बिपद जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सिरहाको लहान बेस क्याम्पका डिएसपि प्रेम रावलले बताए। यो अभियान कार्यक्रम सिरहा जिल्लामा प्रत्येक स्कुलहरुमा दिने गरेको छ।



लाेकपाटी न्यूज

