काठमाडाैं, २१ जेठ । आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।
उनले यही सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्। गत जेठ १३ गते सोमबार बिहान १२:४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६:४५ मा लोत्से शिखर पुगेका थिए।
आफ्नो आरोहणले ‘भिजिट नेपाल ट्वान्टी–ट्वान्टी’लाई समेत सहयोग पुर्याएको उनले बताए। साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।



लाेकपाटी न्यूज

