काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार नयाँ दिल्लीस्थित ‘हैदरावाद हाउस’मा दुई नेताबीच भेटवार्ता भएको हो।
ओलीसँगको भेटमा मोदीले निकट छिमेकीका नाताले भारतले नेपालको विकास र समृद्धि हेर्न चाहेको बताएका थिए।
नेपालको विकास र समृद्धिमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता मोदीले जनाएको बताइएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताले द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा अझै सुमधुर बनाउने प्रतिबद्धता जनाएका छन्।



लाेकपाटी न्यूज

