काठमाडौं। सरकारले सरकारी कर्मचारीहरुको तलव वृद्धि गरेको छ। आर्थिक वर्ष २०७६–०७७ को बजेटमा कर्मचारीको तलव वृद्धि गरिएको हो।
बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन्। बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८ प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीको तलव २० प्रतिशतले वृद्धि गरिएको छ।
राजपत्राङ्कित समूहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी पर्दछन् भने राजपत्र अनाङ्कितमा नायव सुब्बादेखि तलका सरकारी कर्मचारी पर्दछन्। सरकारले तीन वर्षपछि सरकारी कर्मचारीको तलव बढाएको हो।



लाेकपाटी न्यूज

