काठमाडौं। सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी दिए।
यसअघि महिला सांसद र अधिकारकर्मीले छात्राहरुलाई निशूल्क प्याड बितरण गर्न माग गरेका थिए। छात्राहरुको आवश्यकतालाई ध्यानमा राख्दै सरकारले प्याडका लागि बजेटको व्यवस्था गरेको हो।



लाेकपाटी न्यूज

