अशोक मुकारूङ साङ्गीतिक साँझ हुने (जिङ्गलसहित)

ashok mukarung
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। लोकप्रिय युवा गायक अशोक मुकारूङ ‘एकल साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ ।

पार्क पुस्तकालय अभियानका लागि अक्षयकोष निर्माण सहयोगार्थ उर्वरा फाउन्डेशनको आयोजनामा कार्यक्रम जेठ २४ गते हुने भएकाे हाे । कार्यक्रम काठमाडौंको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा हुने आयोजकले जनाएकाे छ।

उक्त साङ्गीतिक साँझमा आफूले आफ्ना लोकप्रिय गीतहरू ‘झुल्केको घामझैँसँगै यो मन उडिरहन्छ’, ‘हलचल भयो शहरभरि तिमी आएपछि’, ‘यो माया कसैलाई नाना हौ चैते दशैँलाई’, ‘पिखुवा खोला बगेझैँ मन बग्यो’, ‘इलामे शहर चियाबारी राम्रो त्यहीँ पर्‍यो घर हाम्रो’ लगायतका एक दर्जन गीत गाउने मुकारूङले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्