महिला गोल्डकप फुटवल प्रतियोगिता हुने

लाेकपाटी न्यूज

धनगढी, १३ जेठ । नेपालमा पहिलो पटक महिला गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रथम संस्करण भर्खरै स्थापना भएको शैलेश्वरी स्पोर्ट क्लब धनगढीले आयोजना गर्ने भएको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर ५ देखि १४ गतेसम्म धनगढी स्थित रंगशालामा प्रथम अपी सैपाल गोल्डकप आयोजना गर्ने जनाएको छ । सो प्रतियोगितामा सात प्रदेशका सात र तीन वटा विभागिय टीमको सहभागिता हुने क्वलका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेता टीमलाई पाँच लाख एक हजार, उपविजेतालाई दुई लाख ५१ हजार पुरस्कार प्रदान गरिने छ । यस्तै हरेक विधाका उत्कृष्टहरुलाई जनही १०÷१० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ५÷५ हजार पुरस्कार दिइने छ ।

खेलकूदको विकास नै शुखी नेपाली समृद्ध नेपाल निर्माणको प्रमूख आधार भन्ने नाराको साथ प्रतियोगिताको सञ्चालन गरिने आयोजकले जनाएको छ । साथै सो कार्यक्रममा सुदूर पश्चिम प्रदेश सभा सदस्यहरू श्री माननीय अमर साउद , श्री माननीय डिल्ली राज पन्त र श्री माननीय पूर्णा जोशी त्यसैगरि गौरिगंगा नगरपालिका प्रमूख भीम देउवा श्री शैलेश्वरि स्पोर्ट क्लव का सल्लाहकार हरू समाजसेवी प्रकास वम , एन्फा केन्द्रीय प्रकास वीष्ट , धउमनपा ४ का वडा अध्यक्ष दीपक थापा , कैलाली उधोग वाणीज्य संघ का महासचीव ओम वहादूर वीष्ट , समाजसेवी भीम पडाल , समाज सेवी राज व। ऐर , सूदूर पश्चिम – ११ स्पोर्ट क्लव का महासचीव प्रकास शाही , वनदेवी यूवा क्लव का अध्यक्ष शूशान्त जोशी लगाएत को सहभागी रहेको कार्यक्रम को सभापती श्री शैलेश्वरि स्पोर्ट क्लव का अध्यक्ष घनश्याम भट्ट रहेका थिए।

कार्यक्रम श्री शैलेश्वरि स्पोर्ट क्लबकी महासचिव डम्मरि महारा (रक्षा) ले संचालन गरेकी थिइन् भने कार्यक्रमको बारेमा क्लबकी वरिष्ठ उपाध्यक्ष गीता सोडारिले जानकारी गराएकी थिइन्।